ताजा समाचार


बझाङबाट प्रतिनिधि सभामा ८ र प्रदेश सभामा १२ जनाको उम्मेदवारी दर्ता

sudurpaschim     २०७९ आश्विन २३, मा प्रकाशित


  • बझाङबाट प्रतिनिधि सभामा ८ र प्रदेश सभामा १२ जनाको उम्मेदवारी दर्ता
  • सम्राट सिंह
    बझाङ,असोज
    आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुदुरपस्चिम प्रदेश को हिमाली जिल्ला बझाङबाट ८ जनाले प्रतिनिधि सभा र १२ जनाले प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छ्न ।
    आज बिहान १० बजे देखि ५ बजे सम्म प्रतिनिधि सभामा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजबादी तथा गठबन्धन बाट एकल उम्मेदवार नेकपा समाजबादी का नेता तथा पुर्ब बन मन्त्री भानुभक्त जोशी, नेकपा एमाले बाट
    अनेरास्ववियु का पुर्ब केन्द्रीय अध्यक्ष ऐन महर, राप्रपा बाट बिश्व प्रकाश जेठारा, रास्ट्रिय स्वतन्त्र पार्टी बाट प्रेमराज जोशी र स्वतन्त्र बाट नेपाली काङ्ग्रेस का नेता तथा पुर्ब पार्टी सभापति हर्क जंग सिंह, माओवादी केन्द्र का नेता लोकेन्द्र सिंह धामी, रामचन्द्र राना र डम्बर बहादुर खडकाले उम्मेदवारी दर्ता गरेका छ्न ।
    तेस्तै प्रदेश सभा (क ) मा नेपाली काङ्ग्रेस , नेकपा माओवादी केन्द्र र नेकपा समाजबादी तथा गठबन्धन बाट नेपाली काङ्ग्रेस का नेता पृथ्वी बहादुर सिंह, नेकपा एमालेबाट अफिलाल, राप्रपा नेपालबाट ओखेडा, राप्रपाबाट हरिलाल भट्टराई, राप्रपा नेपालबाट कर्ण बहादुर खडका,स्वतन्त्र बाट जयभक्त जोशी र जगत प्रसाद जोशी ले उम्मेदवारी दर्ता गरेका छ्न ।
    प्रदेश सभा (ख ) मा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजबादी तथा गठबन्धन बाट नेकपा माओवादी का नेता भिम भण्डारी, नेकपा एमाले बाट नेता लाल बहादुर रावल , राप्रपा बाट बिरेन्द्र मल्ल, नेपाली काङ्ग्रेस बिपि बाट निर्मला कुमारी बिक र स्वतन्त्र बाट गणेश भण्डारी ले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय ले जनाएको छ ।

प्रतिक्रिया




Top