ताजा समाचार


आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन

sudurpaschim     २०७९ बैशाख १६, मा प्रकाशित


काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत आज उम्मेदवारहरूले नाम फिर्ता लिने अन्तिम दिन हो । नाम फिर्ताको समय सकिएसँगै निर्वाचन आयोगले आजै उमेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ ।

नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । त्यसपछि भने आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ ।

पछिल्ला दिनहरुमा राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिँदै आइरहेका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तोकिएको अवधिमा फिर्ता लिने बाहेकका अन्तिम नामावली शुक्रवार नै प्रकाशन गरिने बताउनुभयो । त्यसपछि शनिवार भने उम्मेदवारहरूले निर्वाचन चिह्न नै प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया




Top