ताजा समाचार


ओलीलाई ट्युशन पढाउनै पर्ने भयो गगन थापा

sudurpaschim     २०७९ बैशाख १४, मा प्रकाशित


काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई ट्युशन पढाउन बालकोट जाने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाण्डौ जिल्ला सम्पर्क समन्वय समितिले आज बुधवार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

आफूले अघि सारेको समुन्नत नेपालको अवधारणालाई ओलीले चोरेको आरोप लगाएको भन्दै महामन्त्री थापाले आफ्नो समुन्नत नेपालको अवधारणा र ओलीको समृद्धिको अवधारणाको बीचको फरकका बारेमा पढाउन बालकोट नै जानुपर्ने भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ओलीको समृद्धिमा अहङ्कार छ र मेरो समुन्नत नेपालमा मानिसको जीवनमा भएको दुःखलाई समाधान गर्ने खोजी छ । उहाँले महाधिवेशनको बेलामा पनि सम्मुन्नत नेपाल भन्ने अवधारणा चोर्‍यो भन्नुभएको थियो । हिजो पनि चोर्‍यो भन्नुभएछ । मैले यसको बारेमा उहाँलाई भन्नैपर्छ । उहाँलाई पनि दौडधुप छ, मलाई पनि दौडधुप छ । उहाँ अध्यक्ष र म महामन्त्री, हाम्रो आफ्नै भ्याइनभ्याइ छ ।

अलिकति भ्याएको बेलामा चाहिँ म बालकोटै गएर ट्युशन पढाउने हो । मेरो समुन्नत नेपालीको अवधारणा र उहाँको समृद्धिको अवधारणाबारे ट्युशन पढाउनै पर्ने भएको छ ।’महामन्त्री थापाले ओलीको समृद्धि र आफ्नो समुन्नत नेपालको अवधारणाको सम्बन्धमा एमालेका नेताहरूसँग बसेर बहस गर्न तयार रहेको चुनौती पनि दिनुभयो ।


प्रतिक्रिया




Top