ताजा समाचार


नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत

sudurpaschim     २०७८ चैत्र २५, मा प्रकाशित


काठमाण्डाै । नेकपा माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई आज शुक्रवार राष्ट्रिय सभाको सदस्यमा मनोनीत गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका काकाका छोरा नारायण दाहाललाई राष्ट्रिय सभामा मनोनित गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा दाहाल मनोनीत हुनुभएको हो ।


प्रतिक्रिया




Top