ताजा समाचार


एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटमा

sudurpaschim     २०७८ पुष २४, मा प्रकाशित


काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुग्नुभएको छ ।

ओलीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री देउवा ओली निवास भक्तपुरको बालकोट पुग्नुभएको हो ।

एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ । सत्तारुढ गठबन्धनको हिजो बसेको बैठकले संसद्को अवरोध हटाउने विषयमा नेकपा एमालेसँग छलफल गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको थियो ।

गठबन्धन समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार ओलीसँग छलफल गर्न प्रधानमन्त्री देउवा आज बालकोट पुग्नुभएको हो । यसअघि प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा समेत ओली सहभागी हुनुभएको थिएन ।


प्रतिक्रिया




Top