ताजा समाचार


२०६० सालका एसएलसि ब्याजीहरु द्वारा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

sudurpaschim     २०७८ मंसिर १५, मा प्रकाशित


२०६० सालका  एसएलसी ब्याजीहरुले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । २०६० सालका एसएलसी ब्याजी सम्राट सिंह  प्रेस सेन्टर नेपालको केन्द्रिय आयोजक कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश कमिटी को बरिस्ठ उपाध्यक्ष चयन भएपछि मंगलबार धनगढी को किङ्ग रिसोर्टमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।  बझाङ जिल्लामा क्रियासिल रहेर पत्रकारिता गर्दै आएका  सिंहलाई प्रेस सेन्टरले उचित पदको जिम्मेवारी दिएपछि हामी धनगढीमा उपलब्ध साथीहरुले बधाई  तथा सम्मान कार्यक्रम को आयोजना गरेको तेज कठायतले बताए । संगै पढ्ने साथी को पदस्थापन हुँदा हामी खुसी हुँदै थप हौसला प्रदान गर्न धनगढीमा उपलब्ध साथीहरुले बधाई तथा सम्मान कार्यक्रम को आयोजना गरेको उनको भनाइ छ । २०६० सालमा सत्यबादी उच्च माध्यमिक बिद्यालयबाट १ सय चार जनाले एसएलसि  दिएका थिए ।  कार्यक्रम मा बझाङका पत्रकार को हरुको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया




Top