ताजा समाचार


मध्य भोटेकोशीकाे आईपी‍ओ निष्कासन

sudurpaschim     २०७८ आश्विन २०, मा प्रकाशित


काठमाण्डाै । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले कूल ९० करोड रुपैयाँ बराबरको एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर आजदेखि निष्कासन गरेको हो ।

९० लाख कित्ता शेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको र पाँच प्रतिशत अर्थात चार लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता साधारण शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म प्रतिशेयर एक सयका दरले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी नदीमा एक सय दुई मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।


प्रतिक्रिया




Top