ताजा समाचार


जिल्ला प्रहरी कार्यालय बझाङले ६६ औँ प्रहरी दिवस मनाइयो

sudurpaschim     २०७८ आश्विन २०, मा प्रकाशित


बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले बुधवार ६६ औँ प्रहरी दिवस मनाएको छ । प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको होे ।प्रहरी दिवसको अवसरमा अमर प्रहरी स्तम्भमा फुलमाला तथा सलामी अर्पण गर्नुका साथै दिवसको पूर्व सन्ध्यामा आयोजना गरेकाले भलिबल, ब्याडमिन्टन र, टेबल टेनिस प्रतियोगिता, प्रतियोगिताका खेलाडीलाई पुस्तकार वितरण गर्नुका साथै उत्कृष्ट काम गर्ने प्रहरीहरूलाई सम्मान समेत गरेका थिए ।

नेपाल प्रहरीले निष्ठावान् र कर्तव्यनिष्ठ भएर काम गर्नु पर्ने बझाङका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला अदालतका प्रमुख न्यायाधीश विष्णु प्रसाद अवस्थिको उपस्थिती रहेको थियो ।

त्यस्तै कार्यक्रमा प्रहरी नायब उपरीक्षक रूपक खड्काले नेपाल प्रहरीले संविधान प्रदत्त आम नागरिकको अधिकार र राष्ट्रका लागि नेपाल प्रहरी जिम्मेवार भएर लागिरहेको बताउनुभयो ।

 


प्रतिक्रिया




Top