ताजा समाचार


जिल्ला प्रशासन कार्यालय बझाङमा विप्लव नेकपाको धर्ना

sudurpaschim     २०७८ आश्विन १८, मा प्रकाशित


बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङमा नेत्रविक्रम चन्द  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धर्ना दिएको छ।सोमबार विप्लव नेकपाको नेता तथा कार्यकर्ताहरुले कार्यालय अगाडी धर्ना दिएका हुन् ।

सरकारले तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाइ गरेको र सहमति कार्यन्वयन गर्नुपर्ने भन्दै धर्नामा बसेको नेत्र विक्रम चन्द विप्लव नेकपाकाका नेता जाेक कठायतले बताए ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग  ३ बुँदे सहमति गरेर विप्लव समूह शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो।तर सहमतिको ७ महिना बित्न लाग्दा पनि सहमति कार्यान्वयनमा कुनै प्रगति हुन नसकेको विप्लव नेता तथा कार्यकर्ताहरुको गुनासो छ।


प्रतिक्रिया




Top