ताजा समाचार


बझाङमा जिपको ठक्करबाट एक बालकको मृत्यु

sudurpaschim     २०७८ भाद्र २४, मा प्रकाशित


शिवजी मण्डेल । बझाङमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।जिल्लाको केदारस्युँ गाउँपालिका वडा नँ ४ का अनिल रावलका ४ वर्षीया छोरा योगेन्द्र रावलको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बझाङ जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार केदारस्यूँ गाउँपालिका वडा नँ १ देउरादेखि बाग्थाला जाने क्रममा से १ ज ९६८ नम्बरको जिपले विहिवार बेलुकी ७ ः३० बजे ठक्कर दिँदा रावलको उपचारका क्रममा रायल स्वास्थ्य चौकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले जानकारी दिनुभयो ।

गाडी चालक भने फरार रहेका छन् । फरार चालकको खोजी कार्य भइरहेको डिएपी खड्काले बताए ।


प्रतिक्रिया




Top