ताजा समाचार


सदरमुकाम चैनपुरमा एकै रात २ पसलमा चोरी

sudurpaschim     २०७८ भाद्र १७, मा प्रकाशित


 बझाङ । सदरमुकाम चैनपुरमा एकै रातमा २ वटा पसल चोरी भएका छ्न । मंगलबार सदरमुकाम चैनपुरको सुर्मादेबी मार्गमा रहेको सुचित्रा श्रृङ्गार तथा फेन्सी स्टोर र चैनपुर चौराहामा रहेको संगीता फेन्सी पसल मा चोरी भएको हो ।

संगीता फेन्सी मा नगद १ लाख ५० हजार नगद र सुचित्रा श्रृङ्गार तथा फेन्सी स्टोर मा कपडा,जुत्ता चप्पल, श्रृङ्गार सामग्री र नगद गरि झण्डै तेह्र लाख बराबर को सामाग्री चोरी भएको पसल संचालक हरुले बताएका छ्न ।राती पसल बन्द गरेर घर गएका थियौ पसल संचालक सम्राट सिंहले भने बिहान पसल खोल्न आउँदा पसलको ताला फोडेर पसलमा रहेका कपडा,जुत्ता, चप्पल, श्रृङ्गार सामग्री र नगद रकम गरि झन्डै तेह्र लाख बराबर को सामग्री चोरी भएको रहेछ ।

पसल चोरी भएको जानकारि प्रहरीलाई गरेपछि तत्काल प्रहरी टोलिले घटनास्थल पुगि प्रहरी मुचुल्का तयार गरेको थियो ।जिल्ल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले भने पसलमा चोरी भएको भन्ने खवर आफुलाई जानकारी भएको र चोरहरुलाई जसरी पनी पक्राउ गर्ने बताए । पछिल्लो समय सदरमुकाम चैनपुरमा चोरीका घटना बढ्दै गएका छन ।


प्रतिक्रिया




Top