ताजा समाचार


जिल्ला स्तरिय क्षयरोग कोहर्ट बिश्लेषण तथा बार्षिक समिक्षा गोष्ठि सम्पन्न

sudurpaschim     २०७८ भाद्र १२, मा प्रकाशित


बझाङ्ग । जिल्ला स्तरिय क्षयरोग कार्यक्रमको कोहर्ट बिश्लेषण तथा समिक्षा गोष्ठि कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बझाङ्गको आयोजनामा भएको कार्यक्रममा जिल्लाका १२ वटेै पालिकाहरुकोे सहभागीता रहेको थियो ।कार्यक्रममा आर्थिक वर्ष २०७७।७८ मा सञ्चालित क्षयरोग नियन्त्रण कार्यक्रम हरुको समिक्षा भएको स्वास्थ्य कार्यालय बझाङ्गका क्षयरोग फोकल पर्सन नारायण जोशी ले बताउनु भयो ।

ऋार्थिक वर्ष २०७७।७८ मा नया बिरामि पत्ता लाग्ने दर ६७ प्रतिलाख रहेको र जम्मा १सय ४९ जना क्षयरोगका बिरामी हरुले जिल्लाका बिभिन्न स्वास्थ्य सस्थामा दर्ता भई उपचार लिएको र आ व २०७७।७८ मा बिरामीको उपचार सफलता दर ८९ प्रतिसत रहेको छ । बिगत बर्षको तुलनामा यस वर्ष नया बिरामि पत्ता लाग्ने दर १४ प्रतिलाख का दरले बढेको हो ।

नेपाल ले सन २०३५ सम्ममा क्षयरोग मुक्त देश घोषणा गर्ने लक्ष लिय पनि समुदायमा क्षयरोगका बिरामि हर धेरै रहेका तर उपचारको दायरा ल्याउन नसक्दा चुनौति थपिएको जोशी बताएका छन ।समाजमा क्षयरोग र क्षयरोगका बिरामि हरुप्रति को बिध्यमान धारणा ले गर्दा धेरै नागरिक हरु अहिले पनि रोग लुकाएर बसेको र आगामि दिन हरुका सरोकार वाला सवैले लुकेर रहेका बिरामि हरु लाई खोज्ने र तिनि हरु लाई उपचारको दायरामा ल्याउने किसिममा कार्यक्रम हरु सञ्चालन गरे मात्र लक्षमा पुग्न सकिने स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशी ले वताएका छन ।


प्रतिक्रिया




Top