ताजा समाचार


मृगौला पिडित मल्ललाई प्रवासी नेपालीद्वारा आर्थिक सहयोग

sudurpaschim     २०७८ बैशाख ४, मा प्रकाशित


धनगढी । दुवै मृगौला फेल भई उपचार गराइरहेका बझाङ केदारस्यू गाउँपालिका–४ का भुवन मल्ललाई सेती माहाकाली प्रवाश सेवा समिति भारत अन्तरगत तामिलनाडु राज्य समितिले आर्थिक सहयोग गरेको छ ।

अन्तरगत तामिलनाडु राज्य समितिको अगुवाईमा ८३ हजार ७ सय ४० रुपैंया सङ्कलन गरी मृगौला पिडितकी श्रीमति अम्बिकासिंह मल्ललाई बुझाएको हो ।सो रकम समितिका लागि नेपालमा रहेका सदस्य प्रकाश मल्लले धनगढीमा रहेकी पिडितकी श्रीमतिलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वकिल बाहादुर मल्ल, रमेश भण्डारी, मिन बाहादुर मल्ल र इन्द्र भन्डारी सहभागि रहेका थिए ।

सहयोग रकम बुझ्दै पिडितकी श्रीमति अम्बिकासिंह मल्लले सवैलाई सक्दो आर्थिक सहयोग गरी उपचारमा सहयोग गरिदिन अनुरोध गरेकि छन् । ‘परिवारको आर्थिक अवस्था कम्जोर हुँदा उपचारमा समस्या भएको छ’ उनले भनिन्–‘सवैले आ–आफ्नो तर्फबाट आर्थिक सहयोग गरेर मेरो श्रीमानको जीवन रक्षामा सहयोग गरिदिन अनुरोध गर्दछु ।’

मृगौला पिडित मल्ललाई आर्थिक सहयोग गर्न चाहने महानुभावहरुले उनकै नाममा रहेको एभरेष्ट बैंक लिमिटेडको खाता नम्बर ०११००५०१२३०४८६ मा जम्मा गर्न सक्ने उनले बताइन् ।सेती माहाकाली प्रवाश सेवा समिति भारत अन्तरगत तामिलनाडु राज्य समितिका अनुसार तामिललाडुमा काम गरिरहेका ७३ जना नेपाली श्रमिकले सो रकम सहयोग गरेका हुन् ।

‘मृगौला पिडित मल्लले आफु बाँच्न चाहने र सवैलाई आर्थिक सहयोगको अपिल गर्नुभएको थियो’ हाल तामिललाडुमै रहेका समितिका अध्यक्ष पदम प्रसाद भट्टले भने–‘उहाँको अनुरोध पछि हामीले आर्थिक सहयोग अभियान सञ्चालन चलाएका थियौं, यहाँ रहेका नेपालीहरुले सक्दो सहयोग गरेका छन् ।’


प्रतिक्रिया




Top