ताजा समाचार


पानी ट्याङ्की फुटेर बझाङमा दुई जनाको मृत्यु

sudurpaschim     २०७७ चैत्र २४, मा प्रकाशित


बझाङ । बझाङको तलकोट गाउँपालिकामा वडा नम्बर १ चौडामा पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तलकोट गाउँपालिका वडा नं. १ का ५२ वर्षिया गोकुल कुँवरको घटनास्थलमै मृत्यु भएको र अर्का ४८ वर्षिया सुन्दरीदेवी कुँवरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खडकाले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बनेको पानी ट्याङ्की फुटेको हो । पानी ट्याङ्की चर्केर पानी चुहिन थालेपछि एक हप्ता अघि मर्मत गरिएको स्थानीयले बताएका छन् । स्थानीयले भने अमिसा हस्पिटलको लापरबाहीका कारण सुन्दरीदेवी कुँवरको मृत्यु भएको आरोप लगाएका छन् ।सुन्दरीको खुट्टामा चोट लागेको थियो । थप उपचारको लागि अस्पताल ल्याएको तर डाक्टरको लापरबाहीका कारण श्रीमतीको मृत्यु भएको मृतकका श्रीमान् गोपाल कुँवरले बताउनुभयो । बिरामीका आफ्न्तहरुले डाक्टरलाई कारवाहीको माग गर्दै हस्पिटल क्षेत्र घेराउ समेत गरेका छन् ।


प्रतिक्रिया




Top